विराटनगर । कोशी प्रदेश सरकारले  प्रदेश कितावखाना  निर्देशिका स्वीकृत गरेको छ ।  कोशी मन्त्री परिषद्को बैठकले एउटा पालिकाको नाम परिवर्तन र अर्को पालिकाको  ठाउँसरि गर्ने बारेमा पनि निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईले जानकारी दिए ।  बैठकले बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरी बाराहा पोखरी बनाउन आएको प्रस्तावलाई सङ्घीय सरकारमा सिफारिस पठाउने निर्णय गरेको उनले बताए । कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन हालमा भईरहेको वडा नम्बर ६ बाट वडा नम्बर ५ मा सार्ने  बारेमा गाउँ सभाबाट निर्णय भई आएको र अदालतबाट पनि सार्न बाधा नपर्ने भनी  आदेश आएकोले कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन भौसाबारीमा स्थानान्तरण गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको  राईले बताए । 

त्यस्तै आर्थिक वर्ष २०८०।०८१ को लागि समपूरक र विशेष अनुदान कोलागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गरिएका प्रस्तावहरूको बारेमा  निर्णय भएको उनले जानकारी दिए ।