विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनको विषयमा नेपाली काङ्ग्रेसको महासमिति बैठकमा मोर्चा बन्दी गर्ने तयारी भएको छ । नेपाली काँग्रेसकै नेतृत्वमा कोशी प्रदेश सरकार भए पनि यो सरकार जनताको सरकार नभएको भन्दै महासमिति बैठकमै सरकारका विरुद्ध मोर्चा बन्दीको तयारी भएको हो । सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कार्कीले पार्टी र संसदीय दलसँग कुनै छलफल नगरेको भन्दै सरकार परिवर्तन गर्न महासमिति बैठकमै कुरा उठाउने तयारी भएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताए । 
कोशीका मुख्यमन्त्री केदार कार्की नेपाली काँग्रेसको संस्थागत निर्णय विरुद्ध विद्रोह गर्दै असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए । एमालेको समर्थनमा संविधानको धारा १६५९५० अन्तरगत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पछि काँग्रेसले समेत विश्वासको मत दिएको थियो । विश्वासको मत दिएपछि नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले ८ भाइले विद्रोह गरी युद्ध जितेकाले आफूहरूले स्वागत गरेको टिप्पणी गरेका थिए । 
तर सरकार विस्तार लगायतका विषयमा कार्कीले एकलौटी ढङ्गले काम गरेको भन्दै संस्थापन पक्ष कार्कीसँग क्रुद्ध बनेको छ । केही दिन अघि भएको सरकार विस्तारमा कार्कीले आफूलाई साथ दिएकाहरूलाई मात्रै मन्त्री मन्त्री बनाएपछि काँग्रेस भित्रै सरकार फेर्न चरम दबाब सुरु भएको छ । यही दबाबका कारण महासमिति बैठकमै यो बिषय प्रवेश पाउने संसदीय दलका नेता उद्धव थापाले बताए । उनले भने यो सरकार जनताको सरकार भएन । यो प्राइभेट कम्पनी जस्तो भयो । उनले प्राइभेट कम्पनीको सरकार धेरै दिन नटिक्ने बताए । उनले भने,‘ यो गठबन्धनको सरकार पनि होइन । यो सरकार काङ्ग्रेसको पनि रहने । प्राइभेट कम्पनीले सरकार चलाउन सक्दैन ।’प्राइभेट कम्पनीको सरकार परिवर्तनका विषयमा महा समिति बैठकमा कुरा उठ्ने र बैठक पछि सिन फेरिने थापाको दाबी छ । उनले भने,‘सरकार परिवर्तन आवश्यक छ । यसका लागि महासमिति बैठक सकियोस् ।’
मुख्यमन्त्री नियुक्त भएसँगै कार्कीले आफूलाई साथ दिएका शम्सेर राईलाई मन्त्री नियुक्त गरेका थिए । लामो समय विना विभागीय मन्त्री बनाएका राईलाई पछि उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् । यस्तै पछिल्लो समय विस्तार भएको सरकारमा पनि आफू निकटकालाई मात्रै मन्त्री नियुक्त गरेका छन् । उनले राम खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै कार्कीले इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका छन् । यसै गरी कार्कीलाई साथ दिएकी सुनिता कुमारी गुरुङ राम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।  उनले संस्थापन पक्षका भनिएका प्रदीप सुनुवारलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरे पनि उनी पनि कार्कीसँग मिलेको असन्तुष्ट पक्षको दाबी छ । उहाँले विद्रोह गर्दा हस्ताक्षर गर्नु भएन । एक प्रदेश सभा सदस्यले भने,‘बहुमत सङ्ख्या पुर्‍याउन अपुग भए सुनुवार मन्त्री बन्नका लागि हस्ताक्षर गर्न तयार हुनुहुन्थ्यो ।’ 
संसदीय दलका नेता तथा कोशी प्रदेशका सभापति थापाले मुख्यमन्त्रीसँग आफ्नो कुरा नभएको बताए । उनले भने, उहाँसँग के कुरा गर्ने रु दलसँग कुरा गर्नु पर्ने होइन रु उहाँ अहिले प्राइभेट कम्पनी चलाउनु भएको छ । हामीले केही कुरा गरेका छैनौ । ’