सुनसरी । धरानमा हत्याको आरोपमा छोरा पक्राउ परेका छन्  ।  धरान उपमहानगरपालिका–११ का २८ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो । 
आमा ४६ वर्षीय रमनश्वरी राईको हत्या गरेको आरोपमा दीपकलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । राईलाई अस्थायी प्रहरी पोस्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
दीपकले मादक पदार्थ सेवन गरेर आमाको कन्चटमा प्रहार गरेको प्रहरीले जनाएको छ।  कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकोमा  बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको  हो । 

उनीहरूको पारिवारिक झगडा के हो भन्न बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। छोरा दीपकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।