विराटनगर । कोशी प्रदेशमा आजदेखि मुख्यमन्त्री हात्ती मैत्री पदयात्रा शुरु हुँदैछ  । कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु सहित जनप्रतिनिधिहरु सम्मिलित पदयात्रामा वन क्षेत्रका कर्मचारी तथा विज्ञहरु सहभागी हुने भनिएको छ।  

बुधवार झापाको मेचीनगर नगरपालिका १ प्रसादे गौडाबाट शुरु भएको  हात्तीमैत्री पदयात्रा निरौला गाई फार्म हुँदै अघि बढ्ने कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ। पहिलो दिन कैँदले बन हुँदै जुकेखाडी सामुदायिक बनमा पुग्ने, तेश्रो दिन ११ गते बेलडाँगी फायरलाईनबाट शुरु हुने भनिएको छ। त्यस्तै चौथो दिन १२ गते मोरङको कमलपुर सामुदायिक हुँदै किर्तिमान सामुदायिक वन भएर अघि बढ्ने, पाँचौँ दिन १३ गते कोशी राजमार्गको पानीपिया हात्तिदह शान्ति नगर हुँदै अघि बढ्ने कार्यक्रम रहेको जनाईएको छ। 

फागुन १४ गते भागलपुरबाट आम्बासी हुँदै अघि बढ्ने, सातौँ दिन १५ गते उदयपुरको मोतिगडा हुँदै जलजलेबाट हिड्ने र त्यो दिन नेपालटारसम्म पुग्ने उल्लेख गरिएको छ । आठौँ दिन १६ गते नेपालटार बजार हुँदै रातमाटे दनुवारबेसी, भुल्के, कटारी हुन्दै बेलसोतमा गएर समापन हुने मन्त्रालयले जनाएको छ।

दैनिक ३० देखि ३३ किलोमिटर पैदल यात्रा गरि यो अबधिमा २४३ किलोमिटरको यात्रा तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ  ।  हात्तीमैत्री पदयात्राबाट  परम्परागत जैबिक मार्गको संरक्षण गरि कोशी प्रदेशको पर्यापर्यटनको विस्तारमा भुमिका खेल्ने दावी  पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको छ। 

उनका अनुसार  हात्तीहरुको परम्परागत जैबिक मार्ग भारतको आसाम र पस्चिम बंगाल हुँदै, उदयपुर र सिन्धुलीसम्म पुग्ने गरेको अबस्थामा उनीहरुको यो रुटलाई हात्तिमैत्री हुन सक्नेगरि पुनःस्थापना गर्न सकिन्छ । हात्तीको समस्या बुझेका र नबुझेका नागरिकहरुको बिचमा छलफल गरि सरकार र समुदायको बिचमा सम्बन्ध सेतु स्थापित गर्ने भनिएको छ।

हात्ती र मानव बिचको द्धन्दले मानवीय क्षती बढ्दै गएको छ। धेरै ठाउँमा हात्तीलाई समेत मार्ने क्रम बढेको छ। ’हात्तीलाई हामीले स्वीकार नगर्ने र हात्तीले पनि हामीलाई स्वीकार गरेको देखिँदैन, उनले भने, हामीले यो अभियान मार्फत हात्ती र मानव बिच द्धन्द न्युनिकरण गरि सहअस्तित्वको निर्माण गर्ने हो ।’ पछिल्लो समय हात्तिमैत्री ब्यवहार हुन सकेको छैन । यस्तो अबस्थामा बाहुनडाँगी क्षेत्रमा हात्तीमैत्री ब्यवहार भइको छ त्यहाँको अभ्यासलाई अन्यत्र लैजानकोलागि पनि यो अभियानले भुमिका खेल्ने उनको भनाई छ ।