विराटनगर । मोरङको बुढीगंगा गाउँपालिमा भएको लहरी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बुढीगंगा ४ प्रगती टोलमा लहरी दुर्घटना भएर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित अर्का एक जना रहेको प्रहरीले जनाएको छ।
बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ। ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरु सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङगाले किचेर मृत्यु भएको प्रत्यदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
आज विहान कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । अहिलेसम्म लहरीले थिचेर मृत्यु भएको बालवालिकाहरुको शव निकाल्ने प्रयास भईरहेको छ। मोरङ प्रहरीका प्रवत्ता डिएसी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङगा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए । क्रेनको सहयोगले शब निकाल्ने प्रयास भईरहेपनि केही समस्या भएको उनले बताए ।