विराटनगर । मोरङको बेलवारीमा  भएको सवारी दुर्घटनामा तिन जनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तिन पुगेको हो ।  ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा  तिन जनाको मृत्यु भएको हो । बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ जाँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार,  बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रु बाहक बसमा पनि सुमो ठोकिए छ ।     मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र  वर्ष ४४ कि दिपा खनाल छन्  । दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने  सुमो चालकको झापाको बिर्तामोड २ बस्ने ३६ वर्षका कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले बताए । अन्य दुई जनाको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।  थप एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।