विराटनगर । नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ। माओवादी  र काङ्ग्रेसबिचको गठबन्धन भत्किएर एमाले र रास्वपा सरकारमा गएपछि प्रदेश सरकार पनि फेर्ने तयारी भएको छ । गठबन्धनको बालुवाटारमा बसेको बैठकले एमालेले ३ र माओवादीले २ प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ । दुई वटामा भने गठबन्धन दलका
पार्टीहरूलाई मुख्यमन्त्री दिने गरिको छलफल भइरहेको छ । कोशी प्रदेशमा भने संविधानको धारा १६५(५) अन्तरगत सरकार बनेकाले के हुन्छ भन्ने अन्यौल छ । नयाँ गठबन्धन दलका नेताहरूले कोशी प्रदेशमा रहेको केदार कार्की नेतृत्वको सरकार पनि फेरेर जाने गरिको तयारी भइरहेको बताएका छन् । 
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भागबन्डाको विषयमा अब नयाँ शिराबाट अघि बढ्ने बताए। उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अघि बढाउँछौँ। राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको विषयमा पनि सहमति खोज्छौँ।’ अहिले काँग्रेस नेतृत्वको चार वटा प्रदेश सरकार छन्। अब त्यहाँ नयाँ नेतृत्व आउनेछन्।