विराटनगर । मोरङमा सशस्त्र प्रहरी डिएसपी मृत फेला परेका छन्  ।सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  धनपालथान गाउँपालिका–३ स्थित बोर्डर आउट पोस्ट सोराभागका इन्चार्ज  बस्याल मृत फेला पारेको  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। 

उनका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डिएसपी बस्यालको शव फेला परेको हो।  बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।  अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको उनले बताए । सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन्।