विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको बताएका छन् ।  कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा डर र त्रास मात्र देखाउने काम गरेकोमा मुख्यमन्त्री कार्कीको  असन्तुष्टि थियो ।
मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्नेमा जोड दिए । 
‘कानुनीे अपरिवर्तनीय होइन, समय आवश्यकता अनुसार परिवर्तन हुन्छ, उनले भने, कानुन शासनभन्दा सहजीकरणका लागि हुनुपर्छ ।’ प्रदेशमा अहिलेसम्ममा छ जना मुख्य महान्यायाधिवक्ता उत्पादन भइसक्यो बताएका मुख्यमन्त्री कार्कीले आफू पदमा हुँदा त्यही कानुन ठिक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै  आलोचना गरे । ‘आफू पदमा हुँदा ठिक नहुँदा गलत भन्ने कानुनमा हुँदैन, कार्कीले भने,  अदालतमा बहस गरेपछि सङ्घीयता कार्यान्वयन हुन्छ ?’

उनले आफू सरकारमा रहुन्जेल संविधानको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए ।  उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।