विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज बसको ठक्करबाट रंगेलीमा एकजनाको मृत्यु भएको छ। मंगलवार रंगेली बसपार्क नजिकै साईकल यात्री रङ्गेली नगरपालिका ३ रन्जनीका ५० वर्षका अर्जुन देव भट्टराईलाई बसले ठक्कर दिएको थियो ।  विराटनगर स्थित मेरील्यान्ड कलेजको को १ क १५२९ नम्बरको बसको ठक्करबाट गम्भीर घाईते भएका भट्टराईको  उपचारका क्रममा विराटनगरमा रहेको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।   घाईते भट्टराईको बुधबार बिहान ४ बजे उपचारका क्रममा मृत्युु भएको प्रहरीको भनाई छ। बस चालक रतुवामाई  नगरपालिका ५ सिजुवाका ४५ बर्षीय सूर्यबहादुर ताजपुरियालाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ।