विराटनगर । विराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा घेराउ गरेका छन् ।  आफ्नो साथीहरूमाथि भएको दुर्व्यवहार पक्राउ परेकी मधु रेग्मीलाई  राजनीतिक पहुँचको आडमा अस्पतालमा राखिएको भन्दै उनीहरूले कानुनी राज्यको उपहास नगर्न प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।  स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पसको अगुवाइमा विद्यार्थीहरूले तत्काल दोषीलाई कानुन अनुसार कारबाही अघि बढाउन माग गरे ।  
विराटनगर ८मा रहेको मुनलाईट गल्स होस्टेलका सञ्चालक मधु रेग्मीले गत फागुन २९ गते विद्यार्थीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको  थियो । पक्राउ परेकी मधुलाई नक्कली बिरामी खडा गरी दोषीलाई बचाउन विभिन्न राजनीतिक खोल ओढेका व्यक्तिहरू र प्रहरी प्रशासनको मिलेमतोमा अन्यत्र रेफर गरिएको उनीहरूको भनाई छ । रेग्मीलाई कोशी अस्पतालमा भर्ना गरेजस्तो गरी अस्पताल प्रशासनको मिलेमतोमा विना चिकित्सकको नाम, दर्ता नम्बर तथा आधिकारिक छाप, अस्पतालमा उपलब्ध विशेषज्ञ चिकित्सकको परामर्श बिना अन्यत्र रेफर गराउनुको कारण विद्यार्थीहरूले प्रशासनसँग माग गरेका छन् । 
studennt

स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पसका अध्यक्ष प्रशंसा पौडेल र सचिव एलिसा राउतले एक विज्ञप्ति जारी गर्दै मुनलाईट गल्स होस्टेलको दर्ता खारेज गरी विद्यार्थीहरूलाई कानुनी राज्यको आभास दिलाउन तथा विद्यार्थीमाथि क्रुर व्यवहार गर्ने सञ्चालक रेग्मीलाई तत्काल कडा भन्दा कडा कारबाही कोलागि माग गरेका छन् । बिरामीको नाममा अस्पताल भर्ना भएकी फर्जी बिरामी मधु रेग्मीलाई हिरासतमा लग्नु पर्ने उनीहरूको माग छ । किर्ते बिरामी खडा गर्ने कोशी अस्पताल प्रशासनलाई समेत कानुनी दायरामा ल्याउन उनीहरूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए ।  विद्यार्थीको माग पुरा नगरे उनीहरूले चैत ४ गतेपछि  कडा कदम चाल्ने चेतावनी दिएका छन् । 
431794265_1762622604250071_6745859884250797443_n