भोजपुर । भोजपुरको हतुवागढीमा आगलागीमा परी मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ।  हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा मृत्यु भएका एकै परिवारका तीन बालबालिकाको पहिचान खुलेको हो । मृत्यु हुनेमा केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की, रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् । भोजपुर नगरपालिका–१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर–गोठ जलेको हो ।