विराटनगर । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । 

मध्यान्न १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञ जारी भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

हिजो एसइइी परिक्षाको क्रममा हरिनगर गाँउपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण मावीमा भएको कुटपिट पछि दुई समुदायका बिचमा तनाब बढेको छ । 

दुवै समुहका स्थानीयहरु झडपमा उत्रिएपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिट पछि दुवै समुहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीका का.मु  जिल्ला अधिकारी वेदराज फुयाँलले अहिले स्थिति नियन्त्रणमा आएको बताए  । 


cdo