विराटनगर । सुनसरीको हरिनगर र देवागञ्जमा दुई समुदायका बिचमा उत्पन्न विवाद समाधान गरी समस्या समाधान गर्न सुनसरीका जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुत्तः अपिल जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय बैठक पछि सुनसरीका विभिन्न पालिकाका प्रमुख, प्रदेश सभा सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूले अपिल जारी गरेका हुन् ।
हिजोबाट सुनसरीको ५ वटा पालिकाहरूमा कर्फ्यु जारी रहेको बेला समस्या समाधानमा सबै लाग्न आग्रह गरिएको छ । अपिलमा केही अराजक तत्त्वले सामाजिक सद्भाव बिथोल्न खोजेको प्रति अपिलमा खेद व्यक्त गरिएको छ । अपिलमा भनिएको छ सबै , धर्म एवं सम्प्रदायबिच आपसी एकता, सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न आग्रह गर्दछौ । अपिलमा घटनाको सत्य तथ्य छनाबीन गरी दोषीलाई कारबाही गरिने समेत प्रतिबद्धता जनाइएको छ । अपिलमा भनिएको छ आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्ण,मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हामी सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरू हार्दिक अपिल गर्दछौ । घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमका अभिव्यक्ति तथा सामाग्रीहरू सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएकोले यस प्रकारका गतिविधिहरू नगर्न र नगराउन अपिलमा अनुरोध गरिएको छ ।