इटहरी । सुनसरीको दुहबीमा जारी तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगितामा इटहरी फुटबल क्लब फाइनलमा प्रवेश छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा इटहरी फुटबल क्लबले दमक फुटबल एकेडेमी, झापालाई ३—० गोल अन्तरले हराउँदै उपाधी नजिक पुगेको हो । उपाधीका लागि इटहरीले अब विहिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँगै खेल्नेछ । 

दुहबी वडा न. ८ स्थित विष्णु मा.विको खेलमैदानमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा इटहरीका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । जितका लागि विदेशी खेलाडी फोफोनाले २ गोल गर्दै टिमलाई अगाडी बढाए । अर्को गोल भने सोङ्गले गरेका थिए । खेलको म्यान अफ द म्याच इटहरीका खेलाडी उमेश कार्की घोषीत भए ।

आज (विहिबार)को दोस्रो सेमिफाइनल खेल आयोजक मेमोरी युवा क्बल सोनापुर र बर्दिवास नगर क्लब बर्दिवास बीच हुने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको विजेताले ट्राफी सहित नगद दुई लाख ११ हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टोलीले ट्रफी सहित नगद एक लाख ५५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल खेल आगामी नयाँ बर्ष २०८१ को बैशाख १ गते हुनेछ ।।