इटहरी । कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिंङको अफर बजारमा ल्याएको छ । 

नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बजारमा ल्याएको जाऔँ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए ।

शतप्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुहरूले पहिलो पटक जाऔँको सुविधा लिएबापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिनेछ । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपश्चात् तत्कालै शतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।

दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका कार्यकारी अधिकृत चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।।