इटहरी । सुनसरीमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको ज्यान गएको छ।  सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित मुक्ति घाटमा मलामी आएका व्यक्तिले  चिर्पट प्रहार गर्दा मुक्ति घाटका कामदारको मृत्यु भएको हो । मङ्गलवार दिउँसो पौने २ बजे “मुक्ति घाट वृहत् मुक्ति घाट क्षेत्र विकास समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार मृत्यु भएको प्रहरीले जनाएको छ ।  इटहरी उप–महानगरपालिका –४ गैरी गाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।  गम्भीर घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा  मृत्यु भएको प्रहरीले जनाएको छ।   घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलास भई रहेको  प्रहरीले जनाएको छ ।