इलाम । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले  एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताएका छन्। इलाम क्षेत्र नम्बर २ अन्तरगत इलामको देउमाई नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले  यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताए ।

पहिचानवादीहरू प्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताए । उनले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले माओवादी गठबन्धनका साझा उम्मेदवार सुुहांग नेम्बाङ्गलाई जिताउनु पर्ने  बताए । उनले भने अहिले केही जातीय अधिकार र जातीय  पहिचानको कुरा गर्नेहरू आएका छन् ।

उनीहरूका एकल कुराले देशको विकास हुँदैन देशको विकासका लागि सबैको अधिकार सुनिश्चित हुनु पर्छ । उनले देश सबै धर्मालम्वीहरुको भएको बताए । उनले सबै धर्म मान्नेहरूको खुन पसिनाले यो देश बनेकाले एमालेले धर्म निरपेक्ष राज्य स्वीकार गरेको बताए ।