इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए । इलाम क्षेत्र नम्बर २मा भएको चुनावी सभामा बोल्दै उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने ? उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ ।
उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भन,‘े हामीले सङ्घीयताको कुरा संविधानमा लेख्यौ, भाषा सस्कृती र पहिचानको कुरा लेख्यौ अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ?’
ओलीले एमालेले कुनै पनि विश्वासलाई हेला नगर्ने बताए । उनले भने, आफ्नो धर्म के हो पालना गर्नु नि अरूलाई किन हेला गर्नु ?’ उनले अहिले अरूको धर्मलाई हेला गर्ने चलन बढेको भन्दै यो राम्रो कुरा नभएको बताए । सामाजिक सद्भाव कायम गर्न र सामाजिक समानता कायम गर्नु एमाले लागेको बताए । उनले सबै धर्म भाषा, भाषी, सस्कृतीको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुने बताए ।
इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने बताए । देउमाई नगरपालिकामा खानेपानीको समस्या छ यो समस्या सुहाङ्ग नेम्बाङ्गले समाधान गर्ने बताए । उनले एमालेले ३ बर्षमा गरेको काम पछि विकास हुन नसकेको बताए । नेकपा एमालेले धेरै क्षेत्रमा विकासको पाइला चालेको तर बिचमा अरू सरकार आएकाले रोकिएको बताए । फेरी एमालेले विकासको काम अगाडि बढाउन थालेको बताए ।
इलामबाट सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु । उनले सुहाङ्ग नेम्बाङ्ग सुभाष नेम्बाङ्गको छोरो मात्रै नभएर देश बनाऊँ भनेर सङ्कल्प बोकेर हिडेको युवा भएको दाबी गरे । देश बनाउन उद्देश्य र योजना सहित हिनेको वास्तविक युवा उम्मेदवार सुहाङ्ग भएको दाबी गरे ।
ओलीले भने, पैसा कमाउन ,बाटोको ठेक्का लिएर कमिसन खान उकाली ओराली सुहाङ्ग हिँडिरहेको छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प बोके हिँडेको छ । उसलाई जिताएर पठाउनुस् । सांसद हुने मात्रै उद्देश्य नभएर देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार भएको बताए । उनले सांसद हुने त काम गर्ने मात्रै हो तर देश बनाउने ठुलो कुरा हो । अध्यक्ष ओलीले इलाम आउँदा आफूm सधैँ सुभाष सँगै आउने गरेको भए पनि अहिले सुभाषको अनुपस्थितिमा उहाँको उद्देश्यलाई पुरा गर्ने सङ्कल्प लिएर इलाम आएको ओलीले बताए ।