विराटनगर । नेपाल स्रष्टा समाजले विराटनगर ३ निवासी ८६ बर्सिया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा रुचि राखेर काम गर्दै आएकी गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो । 
विराटनगरमा आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन) संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी ९मार्सेली०, साहित्य सेवी बलराम पोखरेल, विवश पोखरेल, सरला चापागाईँलगायतले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा प्रकाश पारेका थिए। गिरीका तीन भजन सङ्ग्रह प्रकाशित छन् । साथै उनले गीत तथा कविताहरू पनि रचना गरेकी छन् । 
कार्यक्रममा नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाले गरिरहेको गतिविधिको बारेमा प्रकाश पारे । उनले संस्थाले कृतिहरू प्रकाशन गर्दै साहित्य सेवीलाई सम्मान गर्ने कार्यक्रमहरू गर्दै आएको बताए । कार्यक्रममा कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
 सम्मान कार्यक्रममा अगुवा बुद्धिजीवी दिनेश श्रेष्ठ, दिनेश सुवेदी, साहित्यकार सिमा सीमा आभाष, सुभलक्ष्मी लम्साललगायतको उपस्थिति रहेको थियो ।