इटहरी । कोशी प्रदेशका अस्पतालहरूमा रगतको अभावलाई मध्यनजर गर्दै डिजिटल पेन्ट्स ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

सुनसरीको इटहरीमा शनिवार पेन्ट्स ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  डिजिटल पेन्ट्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रममा रेडक्रस सोसाइटी इटहरीका पूर्व सभापति विमल पौडेलले कोशी प्रदेशमा रगतको अभाव भइरहँदा सबै जिल्लाहरूमा बृहत् रक्तदान गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीहरूमा आर्थिक मन्दीको चपेटामा परेको बताए । 

तीन वर्ष देखि सुनसरीको इटहरीमा सञ्चालनमा आएको डिजिटल पेन्टस् ले सामाजिक उत्तरदायित्वका कामहरूलाई तीव्रता दिएको छ ।

कोशी प्रदेशका विभिन्न डिलरहरूसँगको सहकार्यमा सुनसरी मोरङ, झापा लक्षित भएर स्वास्थ्य शिविर,आँखा शिविर जस्ता सामाजिक कार्यहरू गर्ने योजना रहेको कम्पनीका प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले जानकारी दिए ।