विराटनगर । शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट राती सम्ममा मत पेटिका आइपुगेका छन् । राती बिहानको २ बजे राति सम्मा ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल ( सिटी हलमा ) मतगणनाको तयारी भएको छ । हिजोबाटै मतगणनाको तयारी भए पनि अबेर सम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठकको अहिले तयारी भइरहेको छ । इलाममा १ लाख १५ हजार ८८९ मतदाता थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको थियो ।