विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा उप निर्वाचनमा चुलाचुली गाउँपालिका वडा नम्बर १ मा पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले सबै भन्दा बढी मत ल्याएका छन् , पहिचानवादीको गढको रूपमा चिनिएको सो वडामा डकेन्द्रले १०३० मत पाएका छन् । एमालेका सुहंग नेम्बांगले ६१४ र काँग्रेसका डम्बर खड्काले  ५०९ मत पाएका छन् । सो वडामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष सहित सबै सदस्य जितेको छ । ७४ को निर्वाचनमा पनि सो वडा मञ्चले जितेको थियो । सो वडामा एमालेको मत कम आउने अपेक्षा गरिएको थियो । तर एमालेका उम्मेदवारले डकेन्द्रपछि दोस्रो मत पाएका छन् । सो पालिकाको अध्यक्ष भने काँग्रेसले जितेको छ । काँग्रेसका राजेन्द्र केरुङ अध्यक्ष छन् भने एमालेले उपाध्यक्ष जितेको छ । ६ वटा वडा रहेको चुलाचुलीमा  नेपाली काँग्रेसले  ५ वडा जितेको छ । यहाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा वडा जितेको छ ।

एमाले ५०२७
काँग्रेस ३७५९
मुडा १९९३
रास्वपा ७६० 
मतान्तर १२६८