विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधि सभा निर्वाचनका लागि भएको निर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २ सय ८२ को फराकीलाृ मतान्तर बनाएका छन् । इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिाकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो । १० वटा वडाको मत गन्दा एमाले र काँग्रेसका बिचमा १६सय ८० को मात्रै मतान्तर रहेको थियो । 

वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहांग नेम्बांगले ७६७७ मत पाएका छन् । उनलाई पच्छ्याइरहेका काँग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन् । यस्तै पहिचानवादीको गढको रूपमा प्रचार गरिएको चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले सन्तोष जनक मत ल्याएका छन् । उनले ४हजार ५८ मत बनाएका छन् । चुलाचुलीमा मतगणना हुँदा रास्वपाको भने मत बढ्न सकेको छैन । रास्वपाका उम्मेदवार ११६२ मत मात्रै प्राप्त गरेका छन् । चुलाचुलीमा एमालेले स्थानीय तहको निर्वाचनमा एउटा पनि वडा जितेको छैन । ६ वटा वडा रहेको चुलाचुलीमा कांग्रेुसले ५ वटा वडाको वडाध्यक्ष जितेको छ । एउटामा भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष जितेको छ ।