विराटनगर  । इलाम क्षेत्र नम्बर २ एमालेले २८५३ मतले अग्रता लिएको छ । भरखरै सार्वजनिक मत परिणाम अनुसार एमालेका सुहाङ्ग नेम्बाङ्गले  ९४८४ मत पाएका छन् । उनलाई पच्छ्याउने काङ्ग्रेसका डम्बर खड्काले ६६३१ मत पाएका छन् । पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५९५१ र रास्वपाका मिलन लिम्बुले  १४०१ मत पाएका छन् । डकेन्द्रले माङ्सेवुङ्ग क्षेत्रमा मत गणना सुरु भएसँगै डम्बरसँगको मतान्तर कम गर्दै लगेका छन् । उनी डम्बर भन्दा ६६२ मतले मात्रै कम छन् । इलाममा अहिले सम्म  ६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ । फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना चलिरहेको छ । माङ्सेबुङ्गको वडा नम्बर १ र २ को मतगणना भने सकिएको छ । अहिले माङ्सेवुङ्ग वडा नम्बर  ३ र ४ को को गणना जारी रहेको छ । 
अहिले सम्म २१ हजार ८१० मत गणना भएको छ । सो क्षेत्रमा भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । मतगणनामा ढिलाइ भएपछि गणना टोली बढाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।  हिजो दिउँसोबाट मतगणना सुरु भए पनि अहिले सम्म १४ वटा वडाको मात्र मत गणना भएको छ ।
गणना गर्ने टोली थपियो 
इलाममा भइरहेको मतगणनाको परिणाम छिटो दिन गणना स्थल बढाइएको छ । आज बिहानबाट ३ स्थानबाट मतगणना भइरहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको बताए ।
माङ्सेबुङ वडा  २
सूर्य  ५८६
रुख ३५१
मुडा ३१७
घण्टी  ९६