इटहरी। इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् ।
पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ । यस्तै दोस्रो स्थानका लागि नेपाली काँग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ । खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।