विराटनगर । इलाम क्षेत्र २ का ६ वटा पालिका मध्ये ४ वटा पालिकाको मत गणना सकिएको छ ।  ४२ वटा वडामध्ये अहिले सम्मा चार पालिकाकाका २२ वटा वडाको गणना सकिएको हो  ।इलाममा अहिले सम्म ३२ हजार ६ सय ३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । इलाममा अव २० वटा वडाको ३६ हजार ६ सय ४९ मत गन्न बाँकी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।  
इलाममा फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगर पालिकाका  २२ वटा वडाको गणना सकिएको हो । अव देउमाई नगर पालिकाका ९ र इलाम नगरपालिकाका ११ वटा वडाको मत गणना गर्न बाँकी बाँकी छ । अहिले देउमाई नगरपालिकाको वडा नम्बर १ र २ को गणना गर्ने तयारी भइरहेको छ । ३ वटा टोली खटाएर मतगणना जारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।