विराटनगर । इलाम २ मा एमालेको जितको निरन्तरता  भएको छ । एमालेका सुहांग नेम्वांगले बुबा सुभाष नेम्बांगको पदचाप पच्छयाँउदै  वैशाख  १५ मा सम्पन्न निर्वाचनमा पनि विजयी हुँदै जितको निरन्तरता दिएका छन् । उनले नेपाली काँग्रेसका डम्बर खड्कालाई हराए । खड्का ७९को निर्वाचनमा पनि पराजित भएका थिए । 
सुभाष नेम्बांग सँग मात्र  १४४ मतको झिनो मतले पराजित भएका खड्का  छोरासँग भने ५ हजार ८३० मतले पराजित भए । २०७९ को निर्वाचनमा सुभाषले  ३० हजार २० मत ल्याएका थिए ।   खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरे । सो निर्वाचनमा काँग्रेस माओवादी गठबन्धन थियो ।  इलाम क्षेत्र नम्बर २ बाट २०५३ सालमा भएको प्रतिनिधि निर्वाचनमा सुभाष विजयी भएका थिए । यस यता सुभाषलाई सो क्षेत्रबाट कसैले हराउन सकेको थिएन । उनी  २०७०मा भएको संविधान सभाको  निर्वाचन, ७४ र ७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका थिए । 
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनका गठबन्धनका उम्मेदवार हराउँदै निर्वाचित भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।
सुहाङले २७ हजार ७७२ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत मात्रै ल्याए।
इलाममा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए । नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।