सुनसरी । सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनसरीको देवानगञ्ज गाउपालिका-५ स्थित मेहेता टोलबाट १३ वटा बोरामा प्याक गरिएको ४ सय ४० किलो गाजा सहित गाजा लोड गरिएको को १ ख ७१२३ नम्बरको मिनी ट्रक पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदि १४ बस्ने २५ बर्षीय चन्द्रबहादुर पाख्रिन, मोरङ लेटाङ ६ बस्ने बलबहादुर लिम्बु र सुनसरी देवानगंज ४ का ३० बर्षीय अरबिन्द पाल रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए ।

पाख्रिन ट्रक चालक रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट १ लाख ५० हजार रुपैया भारु र नेपाली ५२ हजार रुपैया समेत बरामद गरेको प्रहरीले जनाएको छ ।