इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा प्रतिनिधि मनोनयन सम्बन्धी विवाद मिलेको छ । विधानले व्यवस्था गरेअनुसार नै प्रतिनिधि मनोनयन हुने अध्यक्ष मण्डलको निर्णय पश्चात् मनोनयनको विवाद टुङ्गो लागेको हो । प्रतिनिधि मनोनयनको विवाद मिलेसँगै नेतृत्व छनौटका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार अहिले मनोनयन दर्ताको काम भइरहेको छ । हिजोबाट सुरु भएको एमाले सुनसरीको अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व छनौटको प्रयास भएको थियो । सर्वसम्मत नेतृत्व छनौट हुन नसकेपछि निर्वाचनको माध्यमबाट नेतृत्व छनौटको प्रक्रिया अवलम्बन गरिएको हो । 
मुख्य निर्वाचन अधिकृतका मिश्रका अनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावली प्रति दाबी विरोध सकिएर अहिले मतदाताको अन्तिम नामावली प्रकाशन सम्पन्न भएको छ । ८ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची तय गरिएको छ । 
78a4b38b-2827-4382-9f81-2d04a445b0aa (1)