विराटनगर । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अधिवेशन उद्घाटन भएको ४ दिन पछि मतदान सुरु गर्ने तयारी गरेको छ । सर्वसम्मत प्रयास गर्दा पनि सर्वसम्मत हुन नसकेपछि मतदानको तयारी भएको हो । अव केही बेरमा मतदान गर्ने तयारी भएको छ । प्रमुख निर्वाचन अधिकृत गोविन्द मिश्रले मतदानको तयारी भएको बताए । 
सुनसरी एमालेको नेतृत्वका लागि वर्तमान अध्यक्ष निलम खनाल र खेमराज पोख्रेलका बिचमा प्यानल रूपमा उम्मेदवारी परेको छ । निलम खनाल पक्षको उपाध्यक्षमा परशुराम यादव, सचिवमा राम कोइराला, उप सचिवमा याम सुब्बा र इन्द्रकला राईले मनोनयन दर्ता गराएका छन् ।
यस्तै खेमराज पक्षको उपाध्यक्षमा नन्दकुमार बस्नेत सचिवमा पदम लिम्बु र उप सचिवमा देवानन्द मेहता र कमला मगरले मनोनयन दर्ता गराएका छन् । 
उप सचिवमा उम्मेदवारी दर्ता कृष्णप्रसाद भट्टराईले भने मनोनयन फिर्ता लिएका छने । हिजै मतदानको तयारी भए पनि भट्टराईलाई मनोनयन फिर्ता गराउन निर्वाचन सारिएको थियो । यस्तै उप सचिवमा भीम पोख्रेलले पनि मनोनयन दर्ता गराएका छन् । 
जिल्ला अधिवेशनमा ५० जना निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा लेखा आयोगमा निर्विरोध निर्वाचित भएका छन् । लेखा आयोगमा गीता गौतम, वीरेन्द्र गौतम सन्तोष न्यौपाने र  सुदेश चापागाईँ निर्विरोध निर्वाचित भएका हुन् । 
यस्तै विभिन्न क्लष्टरबाट ४६ जना जिल्ला सदस्य पनि निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले १३५ जनाको जिल्ला कार्यसमिति चयन गर्ने छ ।