विराटनगर । सुनसरीको बर्जू गाउँपालिकामा शिक्षा स्वास्थ्य सुधार परियोजना सुरु भएको छ। ‘एजुकेसन सपोर्ट भिया वास एन्ड अदर अपग्रेड इन बर्जू’ परियोजना  सुरु भएको हो । खानपान शिक्षा, स्वास्थ्य र बालबालिकाको हेरचाहलाई केन्द्रित गरेर यो परियोजना सुरु भएको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी परियोजनाको बारेमा जानकारी गराइएको थियो । एलडिएससी हङकङको आर्थिक सहयोग, हर्ड नेपालको प्राविधिक सहयोग र बर्जू गाउँपालिकाको सह संयोजनमा सुरु भएको परियोजनाले महिनावारी स्वच्छता, विद्यालयको कक्षा कोठाको स्तरोन्नति, खानेपानी र सरसफाइ,  बाल विकासको स्तरोन्नती लगायतको विषयमा केन्द्रित हुने जानकारी गराइएको थियो । 
IMG_2510
बर्जू गाउँपालिकामा रहेको ४४ वटा बाल विकास केन्द्र रहेकोमा १६ वटा बाल विकास केन्द्रको सुधार र स्तरोन्नती सहितको सरसफाइका कार्यक्रम सुरु भइसकेको  हर्ड  नेपालका संस्थापक अध्यक्ष राकेश यादवले जानकारी दिए । ‘परियोजना मार्फत बालबालिकाको स्वास्थ्य र स्वच्छतामा सुधार, बालबालिकाको व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता सुधार, अपाङ्गमैत्री संरचनामा सुधार गरी बाल विकासको सुदृढीकरण गर्ने योजना रहेको छ, उनले भने, विद्यालय तथा बाल विकास केन्द्रित शिक्षा, सरसफाइ र स्वच्छताको विषयले समुदायको सुधार गरी पालिकाको दिगो विकासमा टेवा पुग्नेछ ।’ पहिलो चरणमा १६ वटा बाल विकास लक्षित गरी सुरु भएको परियोजना अप्रिल १ तारिखदेखि ११ महिना कोलागि सम्झौता भएको छ। 
कार्यक्रममा सहभागी हुन आएका एलडिएससी हङकङका कन्ट्री डाइरेक्टर रिचार्ड नफर्ड र लोरी नफर्डले यो नेपालको लागि नयाँ प्रकृतिको कार्यक्रम भएको बताए । उनीहरूले नेपालमा स्वास्थ्य, शिक्षामा लगानी गर्दै आएको जानकारी दिँदै यो निक्कै नै महत्त्वपूर्ण भएको बताएका छन् ।  महिनावारी स्वच्छता र सरसफाइ सहित शिक्षा क्षेत्रमा भएको यो परियोजना सबै कोलागि चाखलाग्दो हुने दाबी गरे ।
IMG_2517

११ महिने परियोजना अवधिमा ७३ लाख ६ हजार ९४१ रुपैयाँ खर्च हुने जनाइएको छ।  परियोजना सफल बनाउन कोलागि समुदायको परिचालन गरी उनीहरूलाई जबाफदेही बनाउने र त्यस कोलागि पालिकाले सहयोग गर्ने भनिएको छ ।   यसको दिगोपना कालागि सरकारी, निजी साझेदारीको मोडेल अङ्गीकार गरिएको समेत कार्यक्रममा जानकारी गराइएको थियो । बर्जू गाउँपालिकाका अध्यक्ष जीवछकुुमार राय, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले  बर्जू गाउँपालिका विराटनगर महानगरपालिकाको नजिकै भएर पनि धेरै कारणले पछि परेको बताए ।
IMG_2509
पालिकाले आफ्नै पहलमा सुधार कोलागि अभियानहरू चलाउँदै आएको भए पनि यो परियोजनाको मद्दतबाट विद्यालय शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने बताए ।  कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रका विज्ञ, शिक्षक, कर्मचारीहरूको सहभागिता रहेको थियो ।