विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको बिरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो । उपचारका लागि हैदरावाद लगिएका खनालको  मृत्यु भएको  एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै बिरामले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु  भएको एमाले  सुनसरी सचिव राम कोइरालाले बताए  बताए । खनाल यस अघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।