विराटनगर । उपचारका लागि भारत जानेक्रममा मृत्यु भएका एमाले सुनसरीका अध्यक्ष निलम खनालको  २६ गते दाहसंस्कार हुने भएको छ । एमाले सुनसरी सचिव राम कोइरालाले खनालको पार्थिव शरीर जेठ २५ गते नेपाल ल्याउने र २६ गते दाहसंस्कार गर्ने तयारी भएको बताए ।
कोइरालाका अनुसार  ज्येष्ठ २५ गते बेलुका करिब ७ बजे पार्थिव शरीर सुनसरीको भन्टावारि सीमाबाट नेपाल ल्याउने तयारी भएको छ । जेठ १० गते उनी सुनसरी जिल्लाको अध्यक्षमा निर्वाचित भएका थिए । लामो समयदेखि प्याक्रियाज सम्बन्धी समस्या भएका खनाललाई थप समस्या भएपछि उपचारका लागि भारतको बैंगलोर लगिएको थियो । उपचारका क्रममा लैजाने क्रममा बाटैमा निधन भएका खनालको शव  नेपाल ल्याउने प्रक्रिया पुरा भएको कोइरालाले बताए । 
नेपाल शव ल्याएपछि २६ गते बिहान ११ बजे देखि १ बजे सम्म जिल्ला पार्टी कार्यालय,इनरुवाको प्राङ्गणमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ ।