विराटनगर । पाँचबर्षअघि विराटनगरबाट विराटचोकसम्मको २२ किलोमिटर यात्रापूरा गर्न एक घण्टा बढी लाग्थ्यो ।  विराटनगरबाट दुहवी, इटहरी हुदै विराटचोक जानु पर्ने बाध्यता थियो । तर अहिले विराटनगरबाट विराटचोक निस्कन निजी सवारी साधन हुनेलाई बढीमा आधा घण्टा पर्याप्त हुन्छ । 

‘घिनाघाट—विराटचोक सडक निर्माण भएपछि निकै सहजभएको छ, विराटनगरका राम सापकोटाको अनुभव छ‘पूर्बी क्षेत्रमा जागिर गर्नेहरु समयमा नै गन्तव्यमा पुग्छन् । जामको समस्या टरेको छ।’ 

बिहान १० बजे कार्यालयमा पुग्न डेढ/दुई घण्टा अगाडि विराटनगरबाट निस्कनुपर्ने बाध्यता रहेकाहरुलाई अहिले सजिलो भएको छ।  ‘अहिले त आधा घण्टा अगाडि निस्कियो  भने आनन्दले मोरङको पूर्वी क्षेत्र पुगिन्छ । पूर्वतिर जानको लागिपनिनिकै सहजभएको छ’, सापकोटाले भने ।

biratchok ghinaghat

यात्राका लागि मात्र होइन उत्पादित कृषि वस्तु बजारसम्म ल्याउन पनि किसानहरुलाई यो सडकले सहज बनाएको छ।  तीन चरणमा विभाजन गरी २०७६ सालदेखि निर्माण सुरु गरिएको यो सडक विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको छ जुन् सडक कोशीप्रदेश सरकारको गौरवको आयोजनापनिहो । 

यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा रहेको छ ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको विराटचोक–घिनाघाट चार लेन सडक प्रदेशको पहिलो र नमुना सडक आयोजनाहो । 

कोशी प्रदेश सरकारले विगत पाँच आर्थिक बर्षमा र चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्ममा ४७ वटा बहुबर्षीय सडक निर्माण सम्पन्न गरेको छ । यस बीचमा ४ सय किलोटिमर सडकको ट्रयाक खुला गरिएको पनि कोशी सरकारले जनाएको छ । 

कोशी प्रदेश सरकारले समीक्षा अवधिमा एक हजार ३८ किलोमिटर सडक मर्मत गरेको छ भने एक हजार २२८ किलोमिटर सडक ग्राभेल गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । त्यस्तै एक हजार १३२ किलोमिटर कच्ची सडक निर्माण गरेको र १७किलोमिटर सडक आरसीसी÷पीसिसि गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी आयुष जोशीले जानकारी दिए ।  यसबीचमै ४३ किलोमिटर सडक  सोलिङ्ग गरिएको र पाँच सय ९ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयले जनाएको छ । 

सरकारले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्ममाएक सय ६४ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ भने ९६ ओटा  वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको सूचना अधिकारी जोशीले जानकारी दिए । 

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले कोशीप्रदेशका १४ जिल्ला हेर्ने गरी ७ वटा पूर्वाधार विकास कार्यालय मार्फत काम गरिरहेको छ । जसमा पूर्वाधार विकास कार्यालय, मोरङ अन्तर्गत २४ वटा बहुबर्षीय सडक र ७ वटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा रहेका छन् । 

448717730_840510864611862_2271542335072140898_n

त्यस्तै पूर्वाधार विकास कार्यालय, झापाअन्तर्गत १८ वटा बहुबर्षिय सडक र १७ वटा लबहुबर्षिय पुल निर्माणाधिन अवस्थामा रहेका छन् भने पूर्वाधार विकास कार्यालय, पाँचथर अन्र्तगत सात वटा बहुबर्षिय सडक र पाँचवटा बहुबर्षिय पुल निर्माणाधिन अवस्थामा छन् । 

त्यसैगरी पूर्वाधार विकास कार्यालय, संखुवासभाअन्र्तगतचार वटा बहुबर्षिय सडक र चार वटा पुलनिर्माणधिन अवस्थामा छन् भने पूर्वाधार विकास कार्यालय, भोजपुर अन्र्तगतनौ वटा बहुबर्षिय सडक र नौ वटा बहुबर्षिय पुल निर्माणाधिन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय, उदयपुर अन्र्तगत चार वटा बहुबर्षिय सडक र चार वटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय, ओखलढुंगा अन्र्तगतछ वटा बहुबर्षिय सडक र सात वटा बहुबर्षिय पुल निर्माणाधिन अवस्थामा छन् । 

प्रदेशको प्रहरी पूर्वाधार

police koshi

कोशीप्रदेश सरकारले विगतपाँचआर्थिक बर्ष र चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा १३ वटा प्रहरी भवननिर्माण सम्पन्न गरेको छ । संघीय सरकारको मातहतमा रहेको प्रहरीलाई प्रदेश सरकारले पूर्वाधारमा राम्रो लगानी गरेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक चन्द्र कुबेर खापुङ्गले प्रदेश सरकारको लगानीले प्रहरीको काम कारवाहीमा निकै सघाउ पुगेको बताए ।

‘प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारको पुलको कामगर्ने पनि हो । प्रहरी औपचारिक रुपमा समायोजन नभईसकेको भएपनि काम त प्रदेशमा नै बसेर गरिरहेको छ’, उनले भने, ‘प्रदेश प्रहरी कार्यालयको भवन पनि प्रदेश सरकारको नै लगानीमा बनेको हो । यसले अहिले हामीले काम गर्न सहज भएको छ । भवन निर्माण सँगै मर्मतको लागि पनि सरकारले निकै सहयोग गरेको छ ।’  

सरकारले प्रहरी बाहेक १२ वटा सामुदायिक भवन र सभाहल निर्माण सम्पन्न गरेको छ भने १६३ वटा सामुदायिक भवन निर्माणाधिन अवस्थामा रहेका छन् । नौ वटा सहकारी भवन निर्माण सम्पन्न भएका छन् भने २१ वटा सरकारी भवन निर्माणाधिन अवस्थामा छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएको जानकारी अनुसार चार वटा अस्पताल भवन निर्माणाधिन अवस्थामा रहेका छन । तीनवटा खेलकुद पूर्वाधार निर्माण सम्पन्न भएको छ भने आठ वटा खेलकुद पूर्वाधार निर्माणाधिन अवस्थामा छन् । त्यस्तै एकीकृत बस्ती विकास अन्र्तगत पाँच वटा निर्माण सम्पन्न भएको  छ ।  १३ वटा निर्माणाधिन अवस्थामा छन्।

जनता आवास कार्यक्रम अन्र्तगत २७६ वटा घर निर्माण सम्पन्न भएका छन् भने ९८२ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । कोशी प्रदेशमा तीन वटा बसपार्क निर्माण सम्पन्न भएको छ भने ४ वटा बसपार्क निर्माणाधिन अवस्थामा रहेको छ । दुई वटा प्रवेशद्वार तथा भ्युटावर निर्माण सम्पन्न भएको छ भने तीन ओटा वटा निर्माणाधिन अवस्थामा रहेको छन् । अन्य पूर्वाधार निर्माणमा दश ओटा परियोजना सम्पन्न भइसकेको छ भने ३८ वटा निर्माणाधिन अवस्थामा छन् । छ वटा पार्क निर्माण सम्पन्न भएको र नौ वटा पार्क निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयका सूचनाअधिकारी जोशीले जानकारी दिए । 

वित्तीयप्रगति सुधारोन्मुख

भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी आर्थिक बर्ष २०७८÷०७९ मा वित्तीय प्रगति गरेको छ । ९ अर्ब ८६ करोड विनियोजित बजेट रहेकोमा ९ अर्ब १९ करोड बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । जसमा ९३.२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । 

मन्त्रालयले आर्थिक बर्ष २०७४/०७५ मा २ अर्व ६४ करोड बजेट विनियोजन रहेकोमा १ अर्व ६५ करोड खर्च गरेको थियो । अर्थात् ६२.५ प्रतिशत वित्तीय प्रगति गरेको थियो । यो आर्थिक बर्षमा सबैभन्दा कम वित्तिय प्रगति भएको बर्ष पनि हो । 

त्यसैगरी आर्थिक बर्ष २०७५/०७६ मा ६ अर्ब ९७ करोड बजेट विनियोजन रहेको मन्त्रालयले ५ अर्ब ६ करोड बजेट खर्च गरेको थियो । जसमा ७२.६ प्रतिशत वित्तिय प्रगति गरेको थियो । 

आर्थिक बर्ष २०७६/०७७मा २२ अर्व ११ करोड बजेट विनियोजन रहेको मन्त्रालयले १६ अर्व ४६ करोड बजेट खर्च गरेको थियो । सो आर्थिक बर्षमा७४.४५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको मन्त्रालयले जनाएको छ।  आर्थिक बर्ष २०७७/०७८ मा ११ अर्व ९ करोड बजेट विनियोजन रहेकोमा ७अर्व ३६ करोड मात्रखर्च गरेको थियो । जसमा वित्तीय प्रगति ६६.३७प्रतिशत मात्र रहेको छ । 

आर्थिक बर्ष २०७९/०८० मा १० अर्व २६ करोड बजेट विनियोजन रहेको भौतिकविकास मन्त्रालयले ८ अर्ब ७९ करोड बजेट खर्च गरेको थियो । जसमा ८५ं.७० प्रतिशत वित्तिय प्रगति प्राप्त गरेको थियो । चालु आर्थिक बर्ष २०८०/०८१का लागि १२ अर्व ६५ करोड बजेट विनियोजन रहेको मन्त्रालयले तेस्रो त्रैमासिक सम्ममा ३ अर्व ९३ करोड खर्च गरिसकेको छ । जसमा वित्तिय प्रगति ३१.०६ प्रतिशत रहेको छ । आर्थिक बर्षको अन्त्यसम्ममा बढ्ने  छ । 

cheenn

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशको संरचना बनेसँगै प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य काम गरेको बताउँछन् । “प्रदेशको आय स्रोतले भ्याएसम्म काम गरिरहेका छौँ, उनले भने, “सिमित स्रोत साधनर आम्दानी हुँदाहुँदै पनि सरकारले अघि बढाएका योजना कि त सम्पन्न भईसकेका छन् । कि त सम्पन्न हुने चरणमा छन् । अलपत्र भने छैनन् ।”

प्रदेश सरकारको औचित्य नभएको हल्लाहरु बढीरहँदा भौतिक विकास निर्माणले यो भ्रमलाई चिर्ने प्रयास गरेको छ । स्थानीय तह र संघीय सरकार बीचको पुलको काम गरिरहेको प्रदेश सरकारले आफ्नो मातहतमा आईनसकेको प्रहरीमा पनि धेरै लगानी गरेको मुख्यमन्त्री कार्कीले बताए । 

संघियता लागु भएसँगै स—साना आयोजनाका लागि केन्द्रिय सरकार गुहार्नुपर्ने बाध्यता हटेको छ । भौतिक निर्माणको क्षेत्रमा कोशी प्रदेश सरकार अब्बल देखिएको छ । प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यकता अनुसारको लगानीमा अझ ध्यान दिन सके धेरै काम हुन सक्छ । नेताको स्वार्थ भन्दामाथि उठेर जनताको समस्यामा ध्यान दिन सके प्रदेश सरकारको औचित्य पुष्टि हुन धेरै समय कुर्नु पर्ने अबस्था छैन ।