सुनसरी । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् ।  उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ । 

दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट शनिबार साँझ पक्राउ परेका हुन् । लागुऔषध बिक्री भई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 


पक्राउ पर्नेमध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा  संलग्न रहेको बताइएको छ ।  पक्राउ परेका अर्का व्यक्ति मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागेका थिए । 


प्रहरीले साजन थापा  दिपेश तामाङ , सनम राई , पविन विश्वकर्मा, सुचन दर्जी  र विजय माझी पक्राउ परेको जनाएको छ ।