सुुनसरी । जेनजी आन्दोलन पछि प्रहरीको मनोबल कमजोर बनेको अवस्थामा लागुऔषधका कारोबार बढ्न सक्ने भन्दै रिकभरीङ नेपालले चिन्ता व्यक्त गरेको छ ।
जेनजी आन्दोलनका क्रममा धेरै ठाउँमा प्रहरी कार्यालय जलेको तथा प्रहरीको मनोबल कमजोर बनेको मौका छोपेर लागुऔषध कारोबारीहरु सक्रिय हुने र प्रयोगकर्ताहरु पनि बढ्ने उच्च जोखिम रहेको भन्दै रिकभरीङ नेपाल कोशी प्रदेशले चिन्ता व्यक्त गरेको हो ।
मंगलबार सुनसरीको इटहरीमा रिकभरीङ नेपाल कोशी समितिको तेस्रो साधारण सभा तथा प्रादेशिक कन्सल्टेसन अफ पियुुडी कार्यक्रममा बोल्ने वक्ताहरुको यस्तो चिन्ता व्यक्त गरेका हुन ।
संक्रमणपूर्ण यो समयमा लागुऔषधको कारोबार बढ्ने र त्यसले प्रयोगकर्ताहरुलाई पनि बढाउँने हुँदा व्यवस्थापन गर्न समस्या हुने वक्ताहरुको भनाई थियो । यस्तो समयमा सबै सरोकारवालाहरुलाई सचेत हुन उनीहरुले आग्रह पनि गरेका छन् । अहिलेको अवस्थामा व्यवस्थापन गर्न समस्या भएको उनीहरुको भनाई थियो ।
जेनजी आन्दोलनमा पनि लागुऔषध प्रयोगकर्ता तथा पूर्वप्रयोगकर्ताहरुलाई उक्साएर प्रयोग गरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
केही व्यक्तिहरुले प्रलोभन वा उक्साएर प्रयोग गरेको हुन सक्ने रिकभरीङ नेपाल कोशी समितिका उपाध्यक्ष सञ्जिव चापागाईले जानकारी दिए । प्रहरीले यसतर्फ पनि अनुसन्धान गरिरहेको उनले बताए ।
यस तर्फ सचेत रहेर प्रहरीसँग सहकार्यमा काम गरिरहेको रिकभरीङ नेपाल कोशी समितिका अध्यक्ष चन्द्र बरालले जानकारी दिए । निर्दोष व्यक्तीहरु पनि फस्न सक्ने जोखिम हुने हुँदा प्रहरीसँग मिलेर काम गरिरहेको उनले बताए ।
यता कार्यक्रममा बौल्दै रिकभरीङ नेपाल केन्द्रिय समितिका उपाध्यक्ष दिपक चापागाईले लागुऔषध दुव्र्यसन न्यूनिकरणमा तीन तहका सरकारहरुले सहयोग नगरेको बताए । नजिक रहेको प्रदेश र स्थानिय सरकारले पनि सहयोग नगरेको उनले गुनासो गरे ।
दुव्र्यसन न्यूनिकरण र पुर्नस्थापनाको लागि विदेशी दातृसंस्थाकै भरमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।
समाजमा लागुऔषध प्रयोगकर्ता बढेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र पौडेलले जानकारी दिए । लागुऔषध अन्र्तराष्ट्रिय अपराध भएको र त्यसलाई रोक्नका लागि प्रहरीले काम गरेपनि सफल हुन नसकेको यर्थाथ अवस्था सुनाए । यसका लागि सबैले मिलेर काम गर्नुपर्ने उनले सुझाए ।
लागुऔषध दुव्र्यसन न्यूनिकरण तथा पूर्व प्रयोगकर्ताहरुको पुर्नस्थापनाको क्षेत्रमा स्थानिय सरकारले सानो अंशमा भएपनि काम गरिरहेको वडा नम्बर ९का अध्यक्ष जितेन थापाले जानकारी दिए ।
कार्यक्रमका बोल्दै अध्यक्ष थापाले स्थानिय सरकारले अपेक्षाकृत रुपमा ठुलो रकम लगानी गर्न नसकेको स्वीकार गर्दै साना सानो अंशमा रोकथाम, पुर्नस्थापनाका लागि सिप विकासको क्षेत्रमा काम गरिरहेको बताए ।
पालिका र वडाले मात्रै सबै काम गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग मिलेर काम गर्न जरुरी रहेको अध्यक्ष थापाले बताए । आगामी दिनमा थप सिप विकासको कामलाई निरन्तरता दिने उनले सुनाए ।
यता, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले लागुऔषध न्यूनिकरण र पुर्नस्थापनाको क्षेत्रमा मिलेर काम गर्न सकिने बताईन् ।
चन्द्र बरालकै समितिले पायो निरन्तरता
रिकभरीङ नेपाल कोशी प्रदेश समितिले वर्तमान अध्यक्ष चन्द्र बरालकै समितिलाई निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको छ । समितिको तेस्रो साधारण सभाको बन्दसत्रले बरालकै समितिलाई पुनः अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
समितिको उपाध्यक्षमा संजिप चापागाई र प्रविन बस्नेत रहेका छन् भने महासचिवमा रविन्द्र प्रसाद दहाल रहेका छन् । यस्तै सचिवमा संजिप राई र कोषध्यक्षमा शिशिर अधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा मित्र बहादुर कार्की,रवि लिम्बु, तारा क्षेत्री,वालाहाङ्ग साम्हाम्फे,सुरज बल तामाङ, देव तामाङ र रोसन दहाल रहेका छन् ।
समितिका अध्यक्ष बरालले अघिल्लो कार्य समितिका बाँकी कामलाई निरन्तरता दिँदै थप सृजनशिल कार्यक्रम ल्याउने बताए ।