सुनसरी– सुनसरीको रामधुनी नगरपालिका २ मा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।
रामधुनी नगरपालिका २ स्थित कर्मन्या टोलको भित्री सडकमा आज साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् ।
गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो ।
गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।