सुनसरी । असार १५ लाई लक्षित गर इटहरीमा २ दिने दही चिउरा महोत्सव सुरु भएको छ ।
होटेल तथा लज व्यवसायी समतिको इटहरीको आयोजना तथा जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको सह आयोजनामा महोत्सव सुरु भएको कार्यक्रमको नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको हो ।
DSC_3824
इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा सुरु भएको दही चिउरा तथा स्टेट फुड फेस्टिभलमा दुई दिनसम्म नशिुल्क दही चिउरा तथा सेल रोटी खुवाइने जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।
महोत्सवमा आधा दर्जन बढी स्टलहरू रहेका छन् । कार्यक्रम शनबिार इटहरी १८ मा रोपाई महोत्सव गरी समापन गरिने पुरीले बताए ।
तस्बीर-गुरु ढकाल, सञ्चारपाटीDSC_3830