सुनसरी । कृषी अनुसन्धान निर्देशनालय तरहरा सुनसरीले सुख्खा –३ नामको धानको नयाँ जातको परिक्षण गरेको छ । 

राष्टिय धान दिवशको अवशरमा केन्द्रले आज उक्त धान रोपाई गरी परिक्षण गरेको हो । खडेरीमा पनि फल्न सक्ने यो जातको बीउ सिचाईको सुबिधा नभएको ठाउको लागि समेत उपयुक्त हुने कृषी अनुसन्धान निर्देशनालय तरहराका बरिष्ठ बैज्ञानिक डा. गोबिन्द तिम्सिनाले जानकारी दिनुभयो ।

केन्द्रले यसैबर्ष तरहरा २ नामको नया जातको धानको बीउ पनि उत्पादन गरी सिफारिस गरेको छ । कोशी प्रदेशको हावापानीमा सुहाउदो उक्त जातको बीउ १ सय ३५ दिनमा पाक्ने तिम्सिनाले जानकारी दिनुभयो ।