इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको छ । 

ढकाल अब साधारण सदस्य मात्रै रहनेछन् । पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पु¥याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो ।

यता, रास्वपाले कोशी प्रदेशका महामन्त्रीलाई गरेको कारबाही फुकुवा गरेको छ । पाटीको केन्द्रीय अनुशासन आयोगले असार २५ गते देखी लागु हुने गरी कोशी प्रदेशका महामन्त्री लालविक्रम थापालाई गरेको कारबाही फुकुवा गरेको हो । 

केन्द्रीय अनुसान आयोगका प्रमुख डा. भरतमणि देवकोटाको हस्ताक्ष्यरमा गएको फागुन २३ गरिएको कारबाही फुकुवा गरी सोही पदमा पदस्थापन गरिएको पत्र सार्वजनिक भएको छ । 

इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर पैसा नलिएको विषयमा लालविक्रम थापा विवादमा मुछिएका थिए । विद्यालयको जग्गा भाडामा लिएर पैसा नतिरेको भन्दै विद्यालयले थापालाई पटक पटक पत्र पठाएको जनाएको थियो । 

सोही विषयलाई लिएर पाटीले अनुशासन विपरित कार्य गरेको भन्दै कारबाही गरेको थियो । तर आज पुनः अनुशासन आयोगले उनी माथी गरिएको कारबाही फुकुवा गरेको हो । 

lal bikram thapa