इटहरी — इटहरी उप-महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट सोमबार पारित भयो । गत असार १० को नगर सभाले इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गरेका थिए । तर,  एमालेका वहुमत सदस्यहरुको विरोधपछि बजेट पास हुन पाएको थिएन। 

उपमेयर सङ्गिता चौधरीले असन्तुष्टि जनाउँदै अनुपस्थित जनाएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन बिधेयक र अर्थ बिधेयकमा छलफल चलाएका हुन् ।

पारित बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६लाख, संघिय ससर्त अनुदान चालु तर्फ ४९ करोड ४३ लाख र संघिय सशर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै, संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो ।

प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।

संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तिय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात कुल बजेटको ०.२५ प्रतिशत र पुँजीगत तर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये बिषयगत तर्फ ३० करोड, वडा सिमा तर्फ ३८ करोड, नगरस्तरीय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।