विराटनगर । विराटनगर आएका बेला बिरामी भएपछि वरिष्ठ हास्य कालकार हास्य अस्पताल भर्ना भएका छन् । आचार्य हिम गिरी सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए ।

विराटनगर आएका बेला बिरामी भएपछि आचार्यलाई उपचारका लागि विराट नरसिंह होममा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई हिम गिरी सोपको  ब्रान्ड एम्वेष्डरको रूपमा नियुक्त गरिएको थियो ।

अस्वस्थ भई अस्पताल भर्ना भएका आचार्यको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल गएका छन् । उनले वरिष्ठ हाँस्य कलाकार आचार्यको स्वास्थ्य अवस्था बुझेका छन् ।

आचार्यलाई भेटेका मुख्यमन्त्री कार्कीले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । आचार्यको नाकबाट रगत गएपछि अस्पताल भर्ना गरिएको थियो । उनको डा राजिव साहाले उपचार गराइरहेका छन् ।