सुनसरी । गृहमन्त्री र स्वास्थ्य मन्त्रीले अनुगमन गरेको २ दिन पछि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विचौलियालाई फक्राउ गरेको छ ।

गृहमन्त्री सुदन  गुरुङले प्रतिष्ठानमा सुधार गर्ने भनेका थिए । सुनसरी प्रहरीले विशेष निगरानी गर्दै बीपी प्रतिष्ठानबाट बिरामीलाई निजी मेडिकल तर्फ पठाएर अवैध कमिसनको चलखेल गर्ने आरोपमा १० जना बिचौलियालाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेर निजी मेडिकलमा पठाउने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।


गए राति  प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडि इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।


पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ रहेका छन् ।

 यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का २९ वर्षीय साबिन किराँती, धरान उपमहानगरपालिका–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेशकुमार चौधरी, सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३५ वर्षीय धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान उपमहानगरपालिका–११ का विनोद भट्टराई रहेका छन्।


उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


bp