इटहरी । इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक पुरुष साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन ।
विराटनगर जाने मोडमा साइकलयात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको इटहरी प्रहरीले जनाएको छ ।
पूर्वबाट जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।
घटनास्थलको सीसीटीभी फुटेज मगाएर हेर्ने र त्यसपछि घटनाको वास्तविकता पत्ता लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मृतक व्यक्तिलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे आवश्यक अनुसन्धान शुरु इटहरी प्रहरीले जानकारी दिएको छ ।