इटहरी । इटहरीमा डेढ बर्षीया नाबालिकाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका ५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
नातामा आफ्नै भतिजी पर्ने डेढ बर्षीया आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गेको इटहरी प्रहरीले जनाएको छ ।
घटनास्थ्लबाट प्रहरीले हत्या प्रयोग गरिएको ब्लेड सहित ३० बर्षीया सालिग्राम लुइँटेललाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न लुइँटेल डिप्रेसनको औषधी खाने गरेको बताइएकोछ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनाबाट थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।