विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवा प्रदेश सरकारले रोकेको भन्दै अनशन बस्ने चेतावनी दिएको भोलीपल्ट प्रदेश सरकारले सो सेवा निरन्तर रहेको बताएका छ ।
पूर्व मुख्यमन्त्री कार्कीले आफूले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवा वर्तमान सरकारले रोकेको भन्दै निरन्तरताका लागि अनसन बस्ने बताएका थिए ।  प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कार्कीले अनसन बस्ने बताएका थिए । 
काकीले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कार्यक्रम रोकेको दाबी गरेका थिए ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरू आइरहेको भन्दे यो सेवा निरन्तर रहेको जानकारी दिएको हो ।
विज्ञप्तिमा भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा आइरहेको प्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारको लागिआर्थिक वर्षका लागि ४ करोड २९ लाख रुपैयाँ  लागि विनियोजन भएको सो विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । 

त्यसै गरी महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०८१र ८२ मा बजेटको व्यवस्था गरी पहिलो पटक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बिमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । पुवर्् मुख्यमन्त्री कार्कीले स्वास्थ्य स्वमसेवीकाका लागि समेत सरकारले कार्यक्रमहरू काटेको सदनमा बताएका थिए । 

यस्तै एक पालिका एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविका स सम्मान बिदाइ कार्यक्रमलाई निरन्तरता दिइएको सो विज्ञप्तिमा उल्लेख छ । 
 
मन्त्रालयका अनुसार कडा रोग लागेका व्यक्तिहरूका लागि उपचार सहायता कार्यक्रमका लागि आर्थिक वर्ष २०८१ र८२ को ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 
यसको कार्यविधिमा  परिमार्जन गरी मन्त्रालयमा प्राप्त निवेदन र पेस भएका कागजात अनुसार सहायता रकम प्रदान गर्ने गरी बनाउन लागिएको छ ।  

गत आर्थिक वर्षबाट सञ्चालनमा आएको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रबाट निरन्तर रूपमा सेवा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति व्यवस्थापन तथा अन्य शीर्षकहरूमा बजेट विनियोजन गरी नियमित सेवा सञ्चालन भइरहेको समेत मन्त्रालयले प्रस्ट्याएको छ ।

यस अघि पूर्व मुख्यमन्त्री कार्कीले चिया सम्मेलनका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको भन्दै सेटिलग भएको बताएका थिए । पत्रकार सम्मेलन गरेर भ्रष्टाचार गर्नका लागि सो रकम राखेको भन्दै पत्रकार सम्मेलन गरेका थिए  । उनले रातो किताब नै अध्ययन गरी १५ करोड छुट्टाएको दाबी गरे पनि अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको पाइएको छ ।