इटहरी । नेपाली नारीको महान् पर्व हरितालिका पूर्वका शहरमा हर्षउल्लासका साथ मनाइएको छ । शहरका विभिन्न चौक तथा खुल्ला स्थान, मन्दिर, शिवालयहरुमा तिज विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी व्रतालु महिलाहरुले नाचगान गर्दै तीज मनाएका हुन । इटहरी, विराटनगर, धरान, दमक, विर्तामोड, झुम्का, विराटचौकका विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा व्रतालु महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । व्रतालुहरूले तीजमा आ(आफ्नो समूह बनाएर नाचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिएका थिए । 

व्रतालु महिलाहरुले मनाएको उल्लासमय तीजका तस्वीरहरु 

teej 3 1

2

8

3

7

9

10

4

5