विराटनगर । उपभोक्ता समिति मार्फत योजना निर्माणको काम सम्पन्न भए पनि इटहरी उपमहानगरपालिकाले भुक्तानी नगरेको भन्दै इटहरीमा आन्दोलन सुरु भएको छ । आर्थिक वर्ष २०८०र८१ मा इटहरी उपमहानगर पालिकाबाट सञ्चालन भएका नगर स्तरीय र वडा स्तरीय योजनाको भुक्तानी नपाएको भन्दै उपमहानगरपालिका विरुद्ध आन्दोलन सुरु भएको हो । भुक्तानी नपाएका उपभोक्ताहरूले सङ्घर्ष समिति गठन गर्दै ७२ घण्टा भित्र भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । उपमहानगर अगाडि पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले ७२ घण्टा भित्र भुक्तानी नभए उपमहानगर को कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।इटहरी  उप महानगरपालिकाको आ।व। ०८०र०८१ को नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएका योजनाको १९ करोड ५० लाख बरावरको रकम  भुक्तानी गर्न बाकी रहेको छ । बजेट अभावमा नगरले  भुक्तानी नदिँदा गाउँ टोलमा बस्न नसक्ने अवस्था आएको सङ्घर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए । इटहरी उप(स्तरीय र वडा स्तरीय योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन भई वडा कार्यालय र उप(महानगरपालिकाबिच योजना सम्झौता भई योजना सम्पन्न भएको श्रेष्ठले बताए । उनले भने योजना सँग सम्बन्धित प्राविधिक मूल्याङ्कन, बिल तथा भरर पाइ प्रगति विवरण संलग्न गरी उप(महानगरपालिकामा भुक्तानीका लागी पेस गरी सके पश्चात् उप(महानगर अनुगमन भई भुक्तानीका लागी सम्पूर्ण प्रक्रिया पुरा गरी लेखा प्रशासनमा योजना सम्पन्न प्रस्ताव पेस महिनौँ बिती सक्दा पनि उपभोक्ता समितिलाई भुक्तानी भएको छैन ।उपभोक्ता समितिलाई आ.व. ०८०र०८१ को आषाढ मसान्त भित्रमा भुक्तानी दिई सक्नु पर्ने रकम विभिन्न कारण देखाई भुक्तानी नदिई उपभोक्ता समिति तथा उपभोक्ता समिति सँग जोडिएका दक्ष तथा अर्धदक्ष जन शक्तिहरू, ढुवानी व्यवसायीहरू, उद्योगी तथा आपूर्ति कर्ताहरूलाई उप-महानगरपालिकाले दुःख सास्ती र पिडा दिई मानसिक विक्षिप्त बनाएको संयोजक श्रेष्ठले बताए । उपभोक्ताहरूले पटक(पटक रकम भुक्तानीका लागी नगर प्रमुख सँग जिज्ञासा राख्दा उप(महानगरपालिकासँग बजेट नभएको जानकारी दिनु तथा अनेक बाहान बाजी गरी भुक्तानी दिन ढिला गरेकाले उपभोक्तहरु आन्दोलन गर्न बाध्य भएको उनले बताए ।