इटहरी । काम सम्पन्न भएको लामो समय देखी योजनाको भूक्तानी नपाएको भन्दै उपभोक्ताहरुले इटहरी उपमहानगरपालिका घेराउ गरेका छन् । 

इटहरी उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ अन्र्तगत विभिन्न योजनाहरुको सम्झौता भएर काम सम्पन्न भएपनि उपमहानगरले भुक्तानी भने दिएको छैन । 

आर्थिक अभावमा दोहोरो दबावमा परेका उपभोक्ताहरुा बाध्य भएर उपमहानगर विरुद्ध आन्दोलनमा उत्रिएका हुन । उपभोक्ताहरु सघर्ष समिति नै गठन गरी घेराउमा उत्रिएका हुन । 

itahari 1

काम सकिएर विभिन्न ठाउँमा तिर्नुपर्ने रकम अभावमा उपभोक्ता समितिका व्यक्तिहरु दोहोरो मारमा परेको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए । भुक्तानी नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको उनले बताए । 

उपभोक्ताहरु प्ले कार्ड सहित घेराउ गर्न पुगे पछि सुरक्षाकर्मीले रोकेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो घेराले रोकेको छ । 

itahari 2

उता, भुक्तानीको विषयमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले केही दिन अघि सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै असोजबाट उपभोक्ताहरुको भूक्तानी दिने बताएका थिए ।